गण्डकी


कास्कीका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

कास्कीका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ७:५३, पोखरा

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुदेखि नै अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय कास्कीले दिएको जानकारीअनुसार कास्की १ मा रास्वपाका उम्मेदवार खड्गराज पौडेल गनेसले १ हजार ३५५ मत पाउँदा कांग्रेसका तिलक रानाभाटले ५३५ र एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले ५३० मत प्राप्त गरेका छन्।

रुपा गाउँपालिकाका केही वडाको गणनाबाट गनेसले अग्रता लिएका हुन्।

यता,कास्की २ मा पनि रास्वपा उम्मेदवार उत्तम पौडेलले १ हजार ४१७ मत ल्याउँदा ,एमालेका रश्मि आचार्यले १ हजार २१४ र कांग्रेसका मधु बास्तोलाले ७९३ मत ल्याएका छन्।

कास्की ३ मा रास्वपाकी विना गुरुङले १ हजार ३२३ मत पाउँदा कांग्रेसका मनोज गुरुङले ५६१ र एमालेका दामोदर बैरानीले ३ सय ३९ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad