गण्डकी


हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार ११:४२, मनाङ

भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत  छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ।  
    
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए। ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौँ। हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ। अन्य सवारीसाधनको अभाव छ’, उनले भने।
    
तिलिचो आधार शिविरमा अलपत्र  पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए। पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए।
    
केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित  छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad