सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा संस्थागत सेयरधनी रहेको नेपाल वायुसेवा निगमले टंकनिधि दाहाललाई पठाएको छ।
कात्तिक ११ देखि लागू हुने गरी दाहाल होटलको सञ्चालक मनोनीत भएका हुन्।
यसअघि कार्यकारी अध्यक्ष युवराज अधिकारी रहेकामा निगममा उनको कार्यकाल सकिएसँगै मार्केटिङ विभागका निर्देशक दाहाल मनोनीत भएका हुन्।
होटल सञ्चालक समितिको ११ गतेको बैठकले निगमको सिफारिसबमोजिम उनलाई सञ्चालकमा अनुमोदन गरेको हो।
होटलको सञ्चालक समिति अध्यक्ष दिनेशबहादुर विष्ट छन् भने हाल कायम बहालवाला सञ्चालक समिति सदस्यहरुमा दाहालबाहेक रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, जया राज्यलक्ष्मी शाह, शशिराज पाण्डे, निरन्जन कुमार टिबरेवाला र प्रकाश विक्रम खत्री रहेका छन्।
330
Shares

प्रतिक्रिया