सोल्टी होटल लिमिटेडले सेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र करिब १७ करोड नगद लाभांश वितरण गर्ने तयारी गरेको छ।
मंगलबार बसेको होटल सञ्चालक समिति बैठकले आगामी मंसिर २८ गते ५१औँ वार्षिक साधारणसभा गर्ने निर्णय गर्दै लाभांशको प्रस्ताव गरेको हो।
यसअनुसार आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट चुक्ता पुँजीको १६.५७८९ प्रतिशत अर्थात् १६ करोड ९४ लाख १४ हजार ७८ रुपैयाँ नगद लाभांश र १५ प्रतिशत बोनस सेयर प्रदान गर्न सिफारिस गर्ने निर्णय गरिएको छ।
39
Shares

प्रतिक्रिया