गण्डकी


पोखरा-२५ को ‘वडासर्प’ राजगोमन र ‘वडापंक्षी’ गोठे लाटोकोसेरो

पोखरा-२५ को ‘वडासर्प’ राजगोमन र ‘वडापंक्षी’ गोठे लाटोकोसेरो

वाशुदेव मिश्र
असार १४, २०८२ शनिबार २०:३४, पाेखरा

पोखरा २५, हेमजाले राजगोमन (कालीनाग) लाई ‘वडासर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडापंक्षी’ घोषण गरेको छ।

स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको हो ।कार्यक्रममा पोखरा महानगरका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले राजगोमन (कालिनिाग) लाई ‘वडासर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडापंक्षी’ घोषणा गरेका हुन्। 

वडासर्पको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिका २५, हेमजा पहिलो स्थानीय तह हो।  जैविक विविधताको रक्षा र राजगोमनलाई सम्मान जनाउँदै यो घोषणा गरिएको हो।

संसारभर लगभग ४ हजार  प्रजातिका सर्प पाइन्छन्। त्यसमध्ये नेपालमा करिव ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिव ४० र हेमजामा करिब २२ प्रजातिका सर्पहरु अभिलेख गरिएको छ। राजगोमनले मुख्यतः सर्प  खाने भएकोले अन्य सर्पहरु संख्या नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ। लज्जालु प्रजातिको यो सर्प हेमजाका खोला नदी वनजंगलहरुमा गुँड बनाएर बच्चा पनि हुर्काउछ। विशेष गरि परापूर्वकाल देखि नै यो सर्पलाई नागपञ्चमीका दिन पूजा गरिँदै आएको छ।

स्नेक कन्जर्भेसन सोसाइटी नेपालले ८ वर्षदेखि राजगोमको गुँड अभिलेखन, संरक्षण र जनचेतना कार्यक्रमहरु गर्दै आएको छ। यसैगरी नेपालमा लाटोकोसेरोलाई वडा पंक्षीको रुपमा घोषणा गरिएको यो दोस्रो हो। यसअघि खोटाङ जिल्लाको जालपामा हाप्सिलोलाई घोषाण गरी विभिन्न संरक्षणका काम हुदै आएको छ।

विश्वभर हालसम्म २ सय ५० भन्दा बढी प्रजातिका लाटोकोसेरो अभिलेख गरिएका छन् जसमध्ये २३ प्रजाति नेपालमा पाइन्छ। ती मध्ये १३ प्रजाति पोखरा उपत्यका र ७ प्रजाति हेमजा क्षेत्रमा अभिलेख गरिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए।

उनका अनुसार लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउने पंक्षी जसका कारण हेमजाको क्षेत्र यसको लागि उपयुक्त बासस्थान भएको हुनाले यहाँ उल्लेख्या संख्यामा पाइन्छ। लाटोकोसेरोले मुसा खाएर मुसा नियन्त्रण ठूलो भूमिका खेल्ने भएकोले पनि यसलाई किसानको साथी पनि भनिन्छ। गोठे लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजारदेखि ३ हजारसम्म मुसाहरु खान सक्छ जसले गर्दा कृषि उत्पादनमा बृद्धि गर्न सहयोग पुर्‍याउने आचार्यले बताए।

लाटोकोसेरो संरक्षणका लागि प्रकृतिका साथीहरु संस्था र डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगर पालिका वडा नं. २५ सँग सहकार्य गर्दै यस क्षेत्रमा धेरै कार्यक्रम समेत गरिसकेको छ। ह्टिली पुरस्कारको रकम प्रकृतिको साथीहरु संस्थामार्फत् यस क्षेत्र संरक्षण विभिन्न गतिविधि सञ्चालन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad