गण्डकी


फेवा किनारमा पर्यटक दौड, बेलायतका साम भए प्रथम

फेवा किनारमा पर्यटक दौड, बेलायतका साम भए प्रथम

नेपालखबर
चैत ३१, २०८१ आइतबार १८:४७, पोखरा

पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा बेलायतबाट आएका साम प्रथम भएका छन्। 

यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे। महिलातर्फको छुट्टै मुल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन्। 

फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन्। चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन्। प्रतियोगिताका विजेतालाई विभिन्न प्रतिष्ठानहरुले खानासहित साहसिक पर्यटकीक गतिविधिका प्याकेज पुरस्कारस्वरुप प्रदान गरे।  

पर्यटकीय क्षेत्र लेकसाइडको खहरे र अम्बोटबीचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका कूल ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिँदै प्रतियोगिताले पोखराको पर्यटन प्रवद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad