धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले खोटाङमा सुम्निमा-पारुहाङको प्रतिमा तोडफोड गर्नेमाथि कारबाही गर्न र शान्ति सुरक्षाको व्यवस्था गर्न माग गर्दै गृह मन्त्रालयलाई पत्र लेखेका छन्।
शनिबार खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीमा सुम्निमा–पारुहाङको प्रतिमा तोडफोड भएको भन्दै राईले गृहमन्त्रालयलाई आज पत्र लेखेका हुन्।
'हिजोमात्रै खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित किराती नेपाली सभ्यता र आस्थाको प्रतिक आदिमपूर्खा सुम्निमा-पारुहाङको प्रतिमा तोडफोड गरिएको खबर बाहिर आएको छ,' उनले पत्रमा लेखेका छन्, 'यो कायरतापूर्ण, पाशविक, अमानवीय र आपराधिक घटनाको घोर भर्त्सना गर्दै सूक्ष्म अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कानुनी कारबाही माग गर्दछु।'

Shares

प्रतिक्रिया