बागमती


पत्रकार सुरेश रजकलाई न्याय माग्दै हेटौँडा प्रदर्शन

पत्रकार सुरेश रजकलाई न्याय माग्दै हेटौँडा प्रदर्शन

नेपालखबर
चैत १६, २०८१ शनिबार १५:१३, हेटौँडा

नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा प्रदर्शन गरेको छ।

शनिबार (आज) नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार रजकको हत्याको विरोधमा हेटौँडामा प्रदर्शन गरिएको हो।

समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशभरका पत्रकारहरू आन्दोलित छन्।

हेटौँडाको पल्पसा सभागृहबाट सुरु भएको विरोध र्‍याली मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सीमाचोक पुगेर सभामा परिणत भएको थियो। पत्रकारले बोकेको प्लेकार्डमा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, पत्रकार हत्याको छानबिन गर, प्रेस स्वतन्त्रता जिन्दावाद लगाएतको नारा लेखिएको थियो।

शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। रजकले भिडिओ खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएको भिडिओ सार्वजनिक भएको छ। उनको त्यहीँ जलेर मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad