गण्डकी


पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

वाशुदेव मिश्र
फागुन ३, २०८१ शनिबार १३:५७, पोखरा

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।

उद्घाटनका क्रममा उडाउन लागिएको बेलुन पड्केपछि मेयर आचार्यको गालामा सामान्य चोट लागेको छ।

उनलाई उपचारको लागि यहाँको फिस्टेल अस्पताल लगिएको छ।

बेलुन पड्कने बेला अर्थमन्त्री पौडेल पनि मञ्चमै थिए। पौडेल पनि सामान्य घाइते भएका छन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको स्वास्थ्यमा केही असर परेको छ। उनको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ। उनी आजै काठमाडौँ आउने कार्यक्रम छ।

अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो।

पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रम पोखरा, ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा चलिरहेको छ। 

भिडिओ


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad