राजनीति


बालुवाटार बैठकमा उपेन्द्र यादव अनुपस्थित

बालुवाटार बैठकमा उपेन्द्र यादव अनुपस्थित

शनिबार बालुवाटारमा बसेको बैठकपछि तस्बिर खिचाउँदै सत्तापक्षका नेता।


नेपालखबर
फागुन ३, २०८१ शनिबार १४:२५, काठमाडौँ

आज बसेको सत्तापक्षका दलहरूको बैठकमा जनता नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएका छन्। 

प्रधानमन्त्री निवासमा बालुवाटारमा शनिबार बसेको सत्तापक्षीय बैठकमा यादव अनुपस्थित भएका हुन्।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी भएका थिए। 

तर जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव थिएनन्। 

बैठकमा सहभागी एमालेका उपमहासचिव विष्णु रिमालले समसामयिक राजनीति र अध्यादेशका सन्दर्भमा बसेको सत्तापक्षीय दलको बैठक सकारात्मक निष्कर्षसहित केही बेरअघि सम्पन्न भएको बताएका छन्। 

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएको छ। तर यादवले आफू काठमाडौँ बाहिर भएकाले आजको बैठकमा उपस्थित हुन नसकेको बताए।

नेपालखबरको जिज्ञासामा उनले यत्ति भने, ‘म अहिले सप्तरीमा छु, त्यही भएर हो।’

यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad