गण्डकी


कार्यसम्पादनमा पोखरा कमजोर

कार्यसम्पादनमा पोखरा कमजोर

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १९:२१, पोखरा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनले कार्यसम्पादनमा पोखरा महानगरपालिका कमजोर देखिएको छ। 

वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पोखरा महानगरले ५१.५ अंक प्राप्त गर्दा कास्कीको मादी गाउँपालिकाको ५८.७, माछापुच्छे«को ५८.९,अन्नपूर्णको ६३.४ र रुपा गाउँपालिकाको ५७.१ रहेको छ।

वित्त आयोगले समयमा बजेट पेश गरे/नगरेकोदेखि बजेट कार्यान्वयनको समीक्षा पेश,प्रदेश संचिति कोषमा जम्मा गरेको रकमको परिणाम,राजश्व संकलनको प्रक्षेपित लक्ष्य,यथार्थ राजश्व संकलन,बेरुजू रकम,सामुदायिक विद्यालयबाट कक्षा १० उत्तीर्ण संख्या,संस्थागत स्वास्थ्य केन्द्रमा सुत्केरी हुनेको संख्या,पूर्ण खोप पाएका बालबालिकाको संख्यालगायतका १७ वटा सूचकको आधारमा एक सय पूर्णाङ्क मानेर कार्यसम्पादन मूल्याङ्कन गर्छ।

महानगरको अवस्था हेर्ने हो भने, भरतपुर महानगरपालिका ७६.२ अंक प्राप्त गर्दै पहिलो स्थानमा हुँदा विराटनगर ७३.५ ललितपुरले ६६.७ काठमाडौंले ५४.३ र वीरगञ्ज महानगरले ४३.१ प्रतिशत अंक पाएको छ।

हिमालपारिको जिल्ला मनाङको नार्फाभूमिले ७३ मनाङ निस्याङले ५९.२,चामे ५६.४ र  नासोंले ४८.१ प्राप्त गरेको छ। यता, हिमालपारिकै अर्को जिल्ला मुस्ताङकोलोघेकर दामोदरकुण्डले ५९.६ घरपझोङले ६१.२, बारगुड मुक्तिक्षेत्र ४२.२, लोमन्थाङले ६७.६ र थासाङले ५१.९ अंक प्राप्त गरेका छन्।

कार्यसम्पादनमा फितलो देखिए पनि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा भने पोखरा महानगर सर्वोत्कृष्ट बनेको पोखरा महानगरले जनाएको छ। 

वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को लिजा नतिजा अनुसार पोखराले ९३.५ प्रतिशत अंक प्राप्त गरेको हो। लिजा भनेको कर्मचारी संगठनमा रहेका जनशक्तिले दिइएको कार्यविवरण तथा तोकिएको कार्यहरु के कति समयमा कति गुणस्तरीय तथा प्रभावकारी ढंगले सम्पन्न गरियो भनी मापन गर्ने विधि हो। 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ ले शासकी प्रबन्धदेखि सार्वजनिक सेवा प्रवाह,सहकार्य र समन्वयसम्मलाई मूल्याङ्कनको आधार मानेको हुन्छ।

आयोगले प्रतिवेदनउपर चित्त नबुझे उजुरीको अवसर पनि दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad