राजनीति


एकै सातामा तेस्रोपटक कांग्रेस-एमाले संयन्त्रको बैठक बालुवाटारमा

एकै सातामा तेस्रोपटक कांग्रेस-एमाले संयन्त्रको बैठक बालुवाटारमा

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १९:३०, काठमाडौँ

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन मुस्किल परिरहेका बेला बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन्।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पनि छन्।

साथै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्। 

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो। यसअघि यसै साता दुईपटक संयन्त्रको बैठक सम्पन्न भएको थियो।

सरकारले ल्याएका ६ वटा अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्नेछ। ती अध्यादेश सदनमा पेस भइसकेका छन्। तर, राष्ट्रिय सभामा अध्यादेश पारित गर्न आवश्यक बहुमत जुटाउन सरकारलाई हम्मे परिरहेको छ।

सरकारमै रहेको दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad