सूर्यदर्शन सहकारी ठगी प्रकरणकी अभियुक्त लीला पछाईं पनि धरौटी बुझाएर रिहा भएकी छन्।
जिल्ला अदालत, कास्कीले बिहीबार उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो। उक्त रकम उनले शुक्रबार बुझाएर रिहा भएकी हुन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले यस प्रकरणमा पक्राउ परेका ७ जनालाई नै धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख र उनका व्यावसायिक साझेदार छविलाल जोशी ८८ लाखमा धरौटी बुझार छुटेका थिए।
पूर्वसांसद मीना गुरुङले ५ लाख, उनका बुवा कृष्णबहादुर गुरुङले १ लाख, रामबहादुर खनालले १५ लाख र आरती गुरुङले ५ लाख धरौटी बुझाएर रिहा भएका थिए।
189
Shares

प्रतिक्रिया