गण्डकी


तेस्रोपटक म्याद थपका लागि रविलाई लगियो अदालत

तेस्रोपटक म्याद थपका लागि रविलाई लगियो अदालत

फाइल तस्बिर: हिरासतमा रहेका बेला रवि


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १०:५३, काठमाडौँ

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालत उपस्थित गराइएको छ। 

सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रकाउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्धनिर्देश लामिछानेसहित कास्की प्रहरीकै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई‌ं र रामबहादुर खनाललाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको हाे।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यही कात्तिक २ गते पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो। 

उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहेका हुन्। 

आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुन: म्याद थपका लागि प्रहरीले उनलाई अदालत उपस्थित गराएको हो।

जिल्ला अदालत कास्कीले म्याद थप गरेमा उनलाई बुटवल पठाउने तयारी छ। बुटवलको सुप्रिम सहकारी ठगीको पूरक जाहेरीका आधारमा बयानलगायत अनुसन्धानका लागि लामिछानेलाई बुटवल लैजान लागिएको हो। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad