बागमती


आज काठमाडौँ उपत्यकाको तापक्रम पोस्ट मनसुनयताकै कम

आज काठमाडौँ उपत्यकाको तापक्रम पोस्ट मनसुनयताकै कम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ११:११, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (कात्तिक २० गते) १३ डिग्री सेल्सियसमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे दिएको विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा झरेको हो। 

यसअघि उपत्यकाको सबैभन्दा कम न्यूनतम तापक्रम कात्तिक ५ र ६ गते १३.८ डिग्री सेल्सियस थियो। 

मौसम महाशाखाका मौसमविद् राजु प्रधानांगले पनि उपत्यकामा आज मापन गरिएको न्यूनतम तापक्रम पोस्ट मनसुनयताकै कम भएको पुष्टि गरे।  

गत अक्टोबर १२ मा मनसुन बिदा भई पोस्ट मनसुन सुरु भएयता देशभर नै क्रमिक रूपमा तापक्रम घटिरहेको छ।

त्यसो त काठमाडौँका लागि आजको तापक्रम (१३ डिग्री सेल्सियस) मनसुनयताकै कम तापक्रम पनि भन्न सकिन्छ। 

‘अब देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ’, मौसमविद् प्रधानांगले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad