गण्डकी


बिदामा बस्न चाहन्थे न्यायाधीश शाह, रवि पक्राउ गर्न बोलाइए पोखरा

बिदामा बस्न चाहन्थे न्यायाधीश शाह, रवि पक्राउ गर्न बोलाइए पोखरा

वाशुदेव मिश्र
कात्तिक २, २०८१ शुक्रबार २०:३, पोखरा

कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाह शुक्रबार हतार–हतार गरी पोखरा आइपुगे।

दसैँ बिदा मनाउन नेपालगञ्ज गएका उनी शुक्रबार बिहान १०ः४५ बजेको हवाइ उडानमार्फत् पोखरा झरेका थिए। पोखरा झर्नासाथ उनी अदालत पुगे। अरु न्यायाधीशहरू बिदामै थिए।

अदालतमा कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया र डीएसपी वसन्तकुमार शर्मा उनलाई नै कुरेर बसेका थिए।

न्यायाधीश शाह आउनासाथ कास्कीले प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ अनुमति माग्यो।

प्रहरीले अदालतसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (३) बमोजिम फौजदारी अभियोगमा पक्राउ अनुमति मागेको थियो। 

न्यायाधीश शाहले प्रहरीको मागअनुसार उनीहरुसँग बयानलगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम नै पक्राउको अनुमति दिए। 

कास्की जिल्ला अदालतमा नवराज दाहाल, हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह, चन्द्रकान्त पौडेल र नितिज राई गरी ७ जना न्यायाधीश रहेका छन्।

अदालत घटस्थापनाको दिनदेखि नै बन्द हुन्छ र कोजाग्रज पूर्णिमापछिमात्र खुल्छ। यो बेला न्यायाधीशहरु फुर्सदिला नै हुन्छन्।

स्रोतका अनुसार न्यायाधीश शाह पनि केही दिन अझै बिदामा बस्न चाहन्थे तर रवि लामिछानेलाई पक्राउ गर्नका निम्ति प्रहरीले अनुमति लिने तयारी गरेपछि उनलाई हतारमै भए पनि पोखरा बोलाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad