ad ad

गण्डकी


पोखरामा अंग्रेजी नयाँ वर्षमा इन्टरनेसनल बलुन फेस्टिभल, ३० देश सहभागी हुने

पोखरामा अंग्रेजी नयाँ वर्षमा इन्टरनेसनल बलुन फेस्टिभल, ३० देश सहभागी हुने

नेपालखबर
असोज ३, २०८१ बिहिबार १९:१०, काठमाडौँ

नेपालको पर्यटन राजधानी पोखरा क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा पहिलो पटक इन्टरनेसनल बलुन फेस्टिभल आयोजना हुँदै छ।

बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुने लागेको हो।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा छ। यसमार्फत पोखरालाई साहासिक पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

 कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास गरिएको छ।

फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनी सहभागी हुनेछन्।

फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरूले हट एयर बेलुनको उडान गर्नेछन्।

एक सातासम्म चल्ने महोत्सवमा कुल करिब पाँच सय व्यावसायिक उडान हुनेछन्। जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ। महोत्सवमा करिव तीन सय वटा गैर व्यावसायिक उडान हुने छ।

फेस्टिभलका अवसरमा पोखरामा मिनि वलुन सो पनि हुनेछ। उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ।

फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुने आयोजकको भनाई छ। सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृक्तिक प्रदर्शनी पनि गरिनेछ भने त्यसवाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ। फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ। कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पनन ‘इन्टरनेसनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .