ad ad

गण्डकी


बागलुङमा जिप पल्टियो, २ महिला र १ पुरुषको मृत्यु

बागलुङमा जिप पल्टियो, २ महिला र १ पुरुषको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ९:४५, बागलुङ

बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज (शुक्रबार) जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। दुर्घटनामा एक पुरुष घाइते भएका छन्।

प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .