ad ad

गण्डकी


भौतिक खोसेर वन मन्त्रालय दिएपछि मनाङेले मुख्यमन्त्रीलाई पठाए राजीनामा

मुख्यमन्त्रीलाई भने– मनाङकै मुनिन्द्रजंग मन्त्री बनाउनू, उसले पनि सिक्छ
भौतिक खोसेर वन मन्त्रालय दिएपछि मनाङेले मुख्यमन्त्रीलाई पठाए राजीनामा

नेपालखबर
भदौ १७, २०८१ सोमबार १६:१८, कास्की (पोखरा)

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार आयोजित पत्रकार सम्मेलनमा भौतिक योजनामन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि साथमै थिए ।

मन्त्री पाण्डेले केन्द्रमा कांग्रेस– एमाले सहमति भएसँगै गण्डकी सरकारमा पनि एमालेलाई सामेल गराउनुपर्ने र सहमतिमै ९ वटा मन्त्रालय बनाइएको जानकारी गराए।

मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद रहेका दीपक मनाङेलाई कुन मन्त्रालय दिने हो भन्ने नेपालखबरको प्रश्नमा मुख्यमन्त्रीले ‘त्यो कुरा भोलि थाहा हुन्छ’ भन्ने जवाफ फर्काएका थिए।

मनाङेले चाहिँ आफूलाई काम देखाउने मन्त्रालय चाहिएको भन्दै आइतबार साँझ नै कम बजेट हुने र काम देखाउन नसक्ने मन्त्रालय नलिने बरु मनाङकै मुनिन्द्रजंग गुरुङलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई सुझाव दिएका थिए।

तर, मुख्यमन्त्रीले त्यसो गरेनन्। 

सोमबार चाहिँ मुख्यमन्त्रीले मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी एमालेलाई सुम्पे र उनलाई वन तथा वातावरण मन्त्रालय दिएको जानकारी गराए।

एमालेका ४ जना मन्त्रीलाई सपथ गराउने कार्यक्रममा पुगेका मन्त्री मनाङे त्यहाँबाट निस्कने हिँडे।

लगत्तै स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् राजीनामा पठाए। 

‘वन मन्त्रालयमा बजेट हुँदैन, काम देखाउन पनि मिल्दैन, त्यसैले मैले मन्त्री खान्नँ भनेको हो,’ मनाङेले भने, ‘बरु मेरै जिल्लाको मुनिन्द्रजंगलाई मन्त्री बनाउँदा हुन्छ, उसले पनि सिक्छ भन्देको छु। राजीनामा गइसकेको छ। त्यहाँ (मुख्यमन्त्री कार्यालय) दर्ता हुन्छ।’

मुख्यमन्त्री कार्यालयले भने मुख्यमन्त्रीको हातमा राजीनामापत्र नआइसकेको प्रतिक्रिया दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .