ad ad

गण्डकी


हर्पनखोलामा डुबेर पोखरामा एकजनाको ज्यान गयो

हर्पनखोलामा डुबेर पोखरामा एकजनाको ज्यान गयो

फाइल फोटो


नेपालखबर
साउन १, २०८१ मंगलबार २१:७, पोखरा

पोखरा महानगरपालिका २३, हर्पनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान गएको छ।

साउने संक्रान्तिका दिन पौडी खेल्न घाँटीछिनास्थित हर्पन खोलामा डुबेका उनी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ घर भइ पोखरा ८, नागढुंगा बस्दै आएका २८ वर्षीय सन्तोष सिम्खडा रहेको कास्की प्रहरीले जनाएको छ।

दिउँसो २ बजेतिर खोलामा हराएका उनको सशस्त्र प्रहरीको गोताखोर टोलीले ३ बजेतिर मृत शरीर भेट्टाएको थियो।

यता, कास्कीको अन्नपूर्ण गाउँपालिका ८,वीरेठाँटी हुँदै बग्ने मोदी खोलाले बगाएर एकजना घाइते भएका छन्।

सोलुखुम्बु घर भइ हाल अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा ज्यामी काम गरी बस्ने वर्ष ६० का शरण राईलाई खोलाले बगाएको र उनलाई स्थानीय र प्रहरीले उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएका हुन्।

उनको अवस्था खतरामुक्त भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .