ad ad

गण्डकी


दोहोरो तालाबन्दीले अस्तव्यस्त पोखरा विश्वविद्यालय

दोहोरो तालाबन्दीले अस्तव्यस्त पोखरा विश्वविद्यालय

नेपालखबर
असार २३, २०८१ आइतबार २०:८, पोखरा

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ।

शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापकहरूले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोकामा दवावमूलक धर्ना सुरु गरेका छन्।

यता, नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले विभिन्न मागहरू राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन्।

विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरूको सेवा अवधि नथपी नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापकहरू आन्दोलित भएका हुन्।

हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालीन करार प्राध्यापकहरु तथा प्राविधिकहरु सेवारत छन्। स्थायी सेवामा रहेका प्राध्यापकहरु पदाधिकारी बन्नका लागि तथा पीएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकहरुको संख्या आधा–आधा छ।

विद्यार्थी संगठनहरुले शुक्रबार अन्तिम सेमेष्टरका विद्यार्थीहरुको परीक्षा तालिका एवम् नतिजा प्रकाशन भदौ २० अगावै गर्नका लागि ज्ञापनपत्र बुझाएका थिए।

उनीहरुले इन्जिनियरिङ परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेष्टरको नतिजा प्रकाशनको ग्यारेन्टी खोजेका छन्। आन्दोलनका कारण जारी आन्तरिक परीक्षा अवरुद्ध भएको परीक्षा संयोजक अनिलमणी भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .