ad ad

गण्डकी


कास्कीमा सुतिरहेका बेला पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु

२७ वर्षीया आमा गम्भीर घाइते, ७० वर्षकी हजुरआमाको सकुशल उद्धार
कास्कीमा सुतिरहेका बेला पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८१ बुधबार ८:५४, पोखरा

कास्कीमा भीषण वर्षाका कारण खसेको पहिरोमा परी १३ वर्षकी बालिका र ३ वर्षका बालकको मृत्यु भएको छ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानी घुम्तीमा रहेको प्रकाश रानाभाटको टिन र ब्लकले बनेको तीनकोठे घरमाथि माटोको ढिस्को खस्दा पुरिएर १३ वर्षीया आयुश्मा रानाभाटको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

राति पौने २ बजेतिर घर पछाडिको ढिस्को खस्दा घरमा ७० वर्षीया हजुरआमा लालमाया बञ्जारी पनि थिइन्। तर उनको स्थानीयले सकुशल उद्धार गरेका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै कास्कीकै पोखरा महानगरपालिका-२७,आरुपाटामा पनि पहिरो खस्दा घरभित्र सुतिरहेका ३ वर्षीय बालककाे मृत्यु भएको छ भने उनकी आमा घाइते भएका छन्। 

कास्की प्रहरीका अनुसार स्थानीय हरि सुनारको ढुंगा र माटोले बनेको घरमाथि पहिरो खस्दा उनका छोरा ३ वर्षीय हरि सुनारको मृत्यु भएको हो भने श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी हुन्। घाइतेको अवस्था गम्भीर रहेको र हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घरमा रहेका हरि र ९ वर्षीया छोरी अञ्जली भने सकुशल छिन्। पहिरोले घर पुरेको छ।

लगातार वर्षाका कारण पोखराको सेती नदीको जल प्रवाह बढेको छ।

पोखरा-९ मा पर्ने रामघाट क्षेत्रमा पानी थुनिएको छ भने वरपरका अव्यवस्थित बसोबासीमा त्रास फैलिएको छ।

वर्षाकै कारण पोखरा १४, चाउथे क्षेत्रमा पृथ्व राजमार्ग भासिएको छ। कुलोमा आएको पानीका कारण सडक भासिएको कास्की प्रहरीले जनाएको छ। सडक भासिए पनि यातायात भने एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .