ad ad

गण्डकी


पोखरामा पत्रकारका लागि पुस्तकालय

पोखरामा पत्रकारका लागि पुस्तकालय

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार २०:२६, पोखरा

पोखरामा पत्रकारको लागि पुस्तकालय बनेको छ। नेपाल पत्रकार महासंघ कास्कीको पहलमा निर्मित इ–लाइब्रेरी तथा स्रोतकेन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे।

उनले पठन संस्कृतिको विकासमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताए। पछिल्लो समय पठन संस्कृति हराउँदै गएको र हरेक कुरा स्मार्ट फोनमा खोज्ने प्रवृत्ति बढेको तर गहन विषयको खोज पुस्तकमै सम्भव हुने पनि उनको भनाइ थियो। पूर्ण प्रेस स्वतन्त्रताबिना लोकतन्त्र नरहने बताउँदै उनले लोकतन्त्रका पक्षमा पत्रकारले दिएको योगदानको स्मरण पनि गरे।

गण्डकी प्रदेशसभाका सांसद एवम् पूर्वकानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रेस स्वतन्त्रतालाई आत्मसातगर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण साबित हुने बताए। सरकारका पछिल्ला गतिविधिले स्वतन्त्र प्रेस असुरक्षित हुने हो कि भन्ने आशंका उब्जिएको पनि उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघका कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पनि बोलेका थिए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ई—लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन्। कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) र  स्रोत केन्द्रको स्थापना गरिएको उनले जानकारी गराइन्।

पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक सेवा केन्द्र (ईन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनव्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .