ad ad

समाज


लापसे गरेर सवारी साधन चलाउने ४ जना चालक नियन्त्रणमा

लापसे गरेर सवारी साधन चलाउने ४ जना चालक नियन्त्रणमा

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार २०:५१, काठमाडौँ

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ।

बा ४ ख ९३ ९६  नम्बरका बस चालक सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका २ का ३२ वर्षीय पेमा घेम्सो लामा, बा ५ ख ४० २७ नम्बरका हाइस चालक सिरहाको सिरहा नगरपालिका ६ का २६ वर्षीय देव यादव, बा १ ज ६१ ७४ नम्बरका सुमो चालक उदयपुरका २८ वर्षीय शिव शंखर चौधरी र बा २ ज २३ नम्बरका ट्याक्सी चालक काठमाडौंको बानेश्‍वर बस्ने ३५ वर्षीय जीवन गिरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, ड्रग्स किटमा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ। जगातीमा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ४ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो।  

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन्।

चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .