गण्डकी


पोखरा बस दुर्घटना अपडेट : कस्तो छ १९ घाइतेको अवस्था?

पोखरा बस दुर्घटना अपडेट : कस्तो छ १९ घाइतेको अवस्था?

पोखरामा शनिबार साँझ पल्टिएको बस


नेपालखबर
बैशाख १६, २०८१ आइतबार ८:२१, काठमाडौँ

शनिबार साँझ पोखरामा बस दुर्घटना हुँदा घाइते भएका १९ जनामध्ये ६ जना डिस्चार्ज भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङबाट तनहुँतर्फ पोखरा आउँदै गरेको ग १ ख ९२९७ नम्बरको बस शनिबार साँझ ७:३० बजे पोखरा महानगरपालिका–२५ हेम्जा गुम्बानजिक दुर्घटना हुँदा १९ जना घाइते भएका हुन्। 

‘तीमध्ये ३ जना हिजै र ३ जना आज बिहान गरी ६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले आइतबार बिहान नेपालखबरसँग भने, ‘बाँकी १३ जनाको भने उपचार जारी छ, तर कसैको पनि अवस्था गम्भीर छैन, सामान्य नै छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .