ad ad

गण्डकी


पोखरा महानगरमा घुस : तारेखमा छुटिन् उषाकिरण

पोखरा महानगरमा घुस : तारेखमा छुटिन् उषाकिरण

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १८:४०, काठमाडौँ

सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेकी पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकायालाई साधारण तारेखमा छाड्न विशेष अदालतले आदेश दिएको छ। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उषाकिरणलाई तारेखमा राखी अनुसन्धान गर्न अख्तियारलाई आदेश दिएको हो।

पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सब-इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर चैत २८ गते घुससहित पक्राउ परेका थिए। अख्तियारले उनीहरूको साथबाट १ लाख ५० हजार रूपैयाँ नगद पनि बरामद गरेको थियो।

अख्तियारले हिरासतमा राख्नका लागि दोस्रोपटक म्याद थपको अनुमतिका लागि बिहीबार विशेष अदालतमा प्रस्तुत गरेको थियो। अख्तियारले १५ दिन थुनामा राख्न अनुमति माग गरेको थियो। उषाकिरणले २६ महिनाकी शिशुलाई स्तनपान गराउनुपर्ने भएकाले तारेखमा रहन पाउन माग गरेकी थिइन्। 

छोरीले संरक्षणमा रहन पाउने हक समेतलाई आधार मानी उषाकिरणलाई हिरासतमा राखी अनुसन्धान गर्न मनासिव नदेखिएकोले तारेखमा छाड्न आदेश दिएको विशेष अदालतले जनाएको छ।

यही घुस प्रकरणमा पोखरा महानगरपालिकाका अर्का इन्जिनियर शिवराज बराल पनि पक्राउ परेका छन्।

कुँवर र बराललाई भने थुनामै राख्न अदालतले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .