प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बिहीबार भेटवार्ता भएको छ।
बिहीबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच भेट भएको हो।
उनीहरूबीच समसामयिक राजनीतिक विषयमा आधा घन्टा जति कुराकानी भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारका विषयमा सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ।
उपचुनावको सभालाई इलाममा सम्बोधन गरेर झापा हुँदै ओली आजै काठमाडौँ आइपुगेका हुन्।
252
Shares
प्रतिक्रिया