ad ad

गण्डकी


‘पोखरा झर्नासाथ पर्यटकलाई हैरानी’

‘पोखरा झर्नासाथ पर्यटकलाई हैरानी’

नेपालखबर
फागुन ९, २०८० बुधबार १९:२२, पोखरा

पोखरा आउने पर्यटकहरुलाई विभिन्नखाले प्रताडना दिइने गरेको व्यवसायीहरुले गुनासो गरेका छन्। पोखरा झर्नासाथ पर्यटकलाई पच्छ्याउने,झोला तान्ने र रोजेको होटलमा जान नदिने गिरोह नै सक्रिय रहेको पनि उनीहरुको भनाइ छ।

पोखराको मुख्य प्रवेशद्धार पृथ्वीचोक र बसपार्क क्षेत्रमा त्यस्ता व्यक्ति र गिरोह सक्रिय रहेको पनि उनीहरुको जिकिर छ।

होटल संघ पोखरा र  पृथ्वी होटल व्यवसायी समितिले त्यस्ता व्यक्ति र गिरोहमाथि कारबाही गर्न प्रहरी गुहारेका छन्।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मम सुवेदीका अनुसार बुधबार दुवै संस्थाले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई भेटेर समस्याबारे अवगत गराएका हुन्।

यसका अतिरिक्त विभिन्न खालका ध्वनी प्रदूषण र अन्य सामाजिक विकृतिविरुद्ध पनि कारवाही अगाडि बढाउनुपर्ने उनीहरुको आग्रह छ।

दुवै संस्थाको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ‘हाल पोखरा आगमन हुने पर्यटकहरुलाई विभिन्न चोकहरु– छोरेपाटन, विरौटा चोक, सिर्जना चोक, जिरो किमी, जरेबर, हल्लन चोक, राष्ट्र बैंक चोक र मुख्य सडकहरुमा होटलका कर्मचारी तथा संचालकहरुले बाइक तथा स्कुटर जस्ता सवारी साधनहरुबाट दुर्घटना हुने गरी पिछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकहरुलाई विभिन्न प्रलोभन देखाउने, बलजफ्ती गरी त्रसित गराउने गरेकोे हुँदा पर्यटकहरुलाई सुरक्षित र स्वेच्छाले रोजेको होटल प्रतिष्ठानहरुमा जाने वातावरण नभएकोले उक्त कार्यलाई निरुत्साहित गरी त्यस कार्यमा संलग्न होटल संचालक तथा कर्मचारीहरुलाई कारवाही गरी पाउँ भनी हार्दिक अनुरोध गर्दछौं।’

लेकसाइड क्षेत्रमा संचालित रात्रिकालीन व्यवसायहरु अदालतको आदेशद्वारा २४ सै घण्टा खुला हुँदा सो क्षेत्र अशान्त बन्दै गएको  गुनासो पनि उनीहरुको थियो।

पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले पोखराको पुरानो बसपार्क क्षेत्रमा पर्यटकको झोला तान्ने लगायत र अन्य विकृतिजन्य कार्य विरुद्ध कारबाही अगाडि बढाउन आग्रह गरेका थिए। समितिका अध्यक्ष अम्बिका घिमिरेले पर्यटन तथा होटल क्षेत्रका विकृति विरुद्ध व्यवसायी एक भएर अगाडि बढ्नुपर्ने बताए। 

सो अवसरमा आफ्नो भनाई राख्दै प्रहरी उपरीक्षक थापाले व्यवसायीले उल्लेख गरेका सबैप्रकारका विकृति विरुद्ध आफूले एक दुई दिन भित्रमा नै वृहत अपरेसन अगाडि बढाउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .