नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रका प्राविधिक कर्मचारी विजुकुमार महतोले घुस लिएको प्रकरणमा बयान फेरेपछि एकजना सर्वसाधारणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ।
विशेष अदालतमा सरकारी साक्षीको रुपमा पेश गरिएका मोरङको सुन्दरहरैंचा नगरपालिका निवासी यादव रिजालविरुद्ध बयान फेरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
अख्तियारसमक्ष गरेको बयानसँग बाझिने गरी रिजालले विशेष अदालतमा महतोलाई जोगाउने गरी कुरा फेरेपछि अख्तियारले उनीविरुद्ध २५ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा चलाएको हो।
विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रका प्राविधिक कर्मचारी महतोलाई उनै रिजालले रिजालले विद्युत् क्षमता अभिवृद्धि गर्न २५ हजार घुस दिएका थिए।
प्रतिवादी महतोलाई घुस दिएका उनै रिजालले बयान फेरेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर भएको भन्दै अख्तियारले २५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो।
Shares
प्रतिक्रिया