ad ad

गण्डकी


पोखराको सडक महोत्सवमा ठगिएको महसुस भए मेयरलाई फोन गर्नुहोस्!

पोखराको सडक महोत्सवमा ठगिएको महसुस भए मेयरलाई फोन गर्नुहोस्!

नेपालखबर
पुस १५, २०८० आइतबार २१:४६, पोखरा

पोखराको मुख्य पर्यटकी क्षेत्र लेकसाइडमा यतिबेला सडक महोत्सव चलिरहेको छ। अंग्रेजी नयाँवर्ष २०२४ लाई स्वागत गर्न आज मध्यरातमा आतिसबाजी हुँदैछ।

नयाँवर्ष मनाउन देशका विभिन्न भागबाट आन्तरिक पर्यटकहरु पोखरा ओइरिएका छन्। सडक महोत्सवको आयोजक संस्था होटल एण्ड रेष्टुरेण्ट एसोसियसन (रेवान) पोखराले आएका पर्यटकलाई आवासदेखि खानासम्म हाल कायम रहेको मूल्यसूचीमा २० प्रतिशतसम्म छुट दिने घोपणा गरेको छ। तर, माग बढी भएसँगै केही व्यवसायीहरुले ‘मौकामा चौका हान्दै’ बढी शुल्क लिएको गुनासो आउन थालेको छ।

पोखराका मेयर धनराज आचार्यले नै यो गुनासोप्रति चासो देखाएका छन्। उनले ‘नयाँवर्ष आगमन साँझको पूर्वसन्ध्यामा अत्यन्त जरुरी सूचना जारी गर्दै गत वर्षजस्तै ‘मौकाको मूल्य’ गरियो, खाना र आवासमा बिना आधार बढी मूल्य तोकियो भन्ने गुनासो आएको स्वीकारेका छन्।

सूचनामा उनले भनेका छन्,‘ स्थानीय प्रशासन र पर्यटन क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरूको समन्वयमा नियमित मूल्य मात्रै लिने, सकेसम्म थप र अतिरिक्त सेवा सुविधा उपलब्ध गराउने सहमति र सर्कुलर गरिसकेको छ, तथापि मौकाको मूल्य लिन खोजेको गुनासो आएको छ। यस प्रकारको गुनासो नआउने व्यवस्था गर्नु हुन सम्बन्धित सबै व्यवसायी साथी हरूलाई अनुरोध छ।’

उनले त्यस्तो भएका  नियमानुसार हुने बताउँदै टोल फ्रि नम्बर १८१, आफूले प्रयोग गर्ने मोवाइल नम्बर ९८५६००३०३५ सहित ९८५६०३२३३० र ह्वाट्एप, भिडियो अनि म्यासेज पठाउन ९८०१५५४४७१ नम्बरमा जानकारी दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .