आफ्नी २९ वर्षीया श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
म्याग्दी जिल्लाको धौलागिरी– ७ ताकम घर भइ हाल पोखरा–२९ नौबिसे बस्ने वर्ष ३६ को रत्नबहादुर घर्तीले बिहीबार २९ वर्षीया श्रीमती रेखा घर्तीको घाँटी अँठ्याएर हत्या गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिएका छन्।
रत्नबहादुरले तोरीबारीको कान्लामा लगेर श्रीमतीको घाँटी थिचेका थिए। स्थानीयको सूचनापछि प्रहरीले रत्नबहादुरलाई पक्राउ गरेको उनको भनाइ छ।
216
Shares

प्रतिक्रिया