गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ।
भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री पाण्डेले जाजरकोट र रुकुमपश्चिमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन्।
प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले भनेका छन्, ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ–संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौं।’
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने पनि बताएका छन्।

प्रतिक्रिया