ad ad

गण्डकी


वनरक्षकको परीक्षामा २ जना नक्कली परीक्षार्थी

वनरक्षकको परीक्षामा २ जना नक्कली परीक्षार्थी

नेपालखबर
जेठ ३१, २०८० बुधबार १५:१८, पोखरा

वनको सुरक्षा गर्नु वनरक्षकको कर्तव्य हो। सुरक्षाकर्मीले चोरी नियन्त्रणमा सघाउनुपर्छ। तर, पोखरामा रक्षक बन्न आएका व्यक्ति नै नक्कली भेटिएका छन्।

प्रदेश लोकसेवा आयोगले वनरक्षकको लागि लिएको परीक्षाअन्तर्गतको शारीरिक तन्दुरुस्ती (शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी) मा एक व्यक्तिको नाममा अर्को व्यक्ति समावेश भएको पाइएको हो।

मंगलबार पोखरा १५ फूलबारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा परीक्षा चलिरहँदा अर्काको नाममा परीक्षा दिने जुम्ला चन्दननाथ नगरपालिका ९ वयलकाटीया बस्ने वर्ष १८ को किशोर र जुम्लाकै सिन्जा गाउँपालिका ३ लुम बस्ने वर्ष २५ को पदम बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए।

सक्कली परीक्षार्थीको प्रवेशपत्रमा आफ्नो तस्वीर टाँसेर उनीहरु परीक्षामा सहभागी भएको प्रवक्ता विकको भनाइ छ। नक्कली परीक्षार्थी पक्राउ गरेसँगै सक्कलीको पनि खोजी गरिने उनको भनाइ छ।  नक्कलीमध्ये नाबालक (१८ वर्षीय) को नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

लोकसेवा आयोग गण्डकीले २०८० वैशाख ६ गते  विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेश वन, सेवा, जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह, वन रक्षक पदको लागि सय जना माग गर्दै  विज्ञापन खुलाएको थियो। सो परीक्षाको नतिजा भने आएको छैन।

नक्कलीको भने परीक्षा स्वतः रद्द भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .