ad ad

राजनीति


खम्म खातीको तर्क : बालकृष्ण जस्ता निर्दोषलाई अभियोग लगाउनेमाथि कारबाही होस्

खम्म खातीको तर्क : बालकृष्ण जस्ता निर्दोषलाई अभियोग लगाउनेमाथि कारबाही होस्

नेपालखबर
जेठ ३१, २०८० बुधबार १६:१०, काठमाडौँ

पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता खम्म खातीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण निर्दोष रहेको तर्क गरेका छन्।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा प्रतिरक्षा बहसका क्रममा उनले यस्तो तर्क गरेका हुन्। 

‘जाहेरवालाले अभियोगपत्रमा कसलाई रकम दिए भन्ने नै उल्लेख छैन, सबै खाली छ। यसैले पुष्टि गर्छ कि यो अभियोगपत्र हावादारी हो’, ‘यो प्रकरणमा बालकृष्ण खाँणबाट कोही पनि पीडित भएकै छैन। कसलाई तिर्नुपर्ने हो त बिगो? बिगो लिने त कोही चाहियो नि।’

उनले बालकृष्ण खाँणलाई निर्दोषको संज्ञा दिँदै उनलाई फसाउने गरी अभियोगपत्र बनाउनेमाथि पनि कारबाही हुनुपर्ने जिकिर गरे।

‘यसरी निर्दोष व्यक्तिलाई फसाउने गरी अभियोग तयार पार्ने अधिकारीलाई पनि कानुनअनुसार कारबाही हुनुपर्छ’, उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालयले पनि प्रहरीले पेनड्राइभमा दिएको अभियोगपत्र कपी पेस्ट गरेर जस्ताको तस्तै ल्याएको छ।’

सरकारी वकिल र प्रहरीको गलत निर्णयले निर्दोष मान्छेले दु:ख पाउनुपर्ने अवस्था आएको बताए। 

‘तपाईंहरुको गलत निर्णयले मान्छेले दु:ख पाउनुपर्ने हुन्छ। यो मुद्दामा छुटिजाने भए अख्तियार र सम्पत्ति शुद्धिकरणमा पठाउने भनिएको छ’, उनले भने, ‘अख्तियारको मुद्दा कहिलेदेखि सरकारी वकिलले लान थालेको हो। कानुनअनुसार त यो मुद्दा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमै लान्छ।’

उनले सरकारी वकिल कार्यालय काठमाडौंको हैसियतमाथि पनि प्रश्न उठाए।

‘सरकारी वकिल कार्यालयको हैसियत के हो? न्यायाधीशलाई यसरी निर्देशन दिने’, उनले भने, ‘विवेकपूर्ण निर्णय नभएर बाँकी जीवन थुनामा राखियो भने बालकृष्णको जीवन त्यसै बित्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .