ad ad

गण्डकी


ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएपछि...

ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएपछि...

बागलुङको ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ।


नेपालखबर
चैत ५, २०७९ आइतबार १३:१९, ढोरपाटन

बागलुङको ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो। हिमपातका कारण चिसो बढेको छ। हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यामलाल घिमिरेले बताए।

हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ। हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए। हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ। 

“हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो”, घिमिरेले भने, “अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला।”

हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए। अघिल्लो वर्ष पुस माघमै चार/पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलोपटक हिउँ परेको हो। रासस  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .