ad ad

राजनीति


एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने, सत्ता पक्षमा बस्ने

एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने, सत्ता पक्षमा बस्ने

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार १३:३०, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय लिएको पार्टी उपममहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 

'सरकारले भोलि विश्वासको मत लिँदैछ। हामीले विश्वासको मत दिने निर्णय लिएर सत्ता पक्षमा बस्ने भएका छौँ', उनले भने, 'सरकारमा जाने-नजाने विषयमा टुंगो भइसकेको छैन। छलफल अघि बढाउने भन्ने कुरा भएको छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .