ad ad

गण्डकी


एकै परिवारका ४ जनाको मृत्यु, एकसाथ पति, छोरा, छोरी र सासू बितेपछि सरु विक्षिप्त

एकै परिवारका ४ जनाको मृत्यु, एकसाथ पति, छोरा, छोरी र सासू बितेपछि सरु विक्षिप्त

दुर्घटनाग्रस्त यतीको विमान


नेपालखबर
माघ २, २०७९ सोमबार १३:२८, पर्वत

पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्थिन्। यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्कंदै थिइन्। बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोरा खुसी देखिन्थे। 

तर उनीहरुको खुसी विमानवाट झर्न नपाउँदै बिलय हुन पुग्यो। आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उनका छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति ४ वर्षीय बेविन शर्माको मृत्यु भएको छ। 

लामो समयदेखि गाउँ नआएका छोरा र नाति-नातिनीसँग गाउँ फर्किंदा जमुना खुसी त थिइन्, साथै उनले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामा समेत जाने योजना बनाएकी थिइन्। तर विमान दुर्घटनासँगै उनको सपना पनि अस्ताएको छ। 

जमुना आधा समय काठमाडौँ छोरासँग र आधा समय गाउँमा नै बस्थिन्। छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) मा आईटी अधिृकतका रुपमा कार्यरत थिए भने बुहारी सरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा कार्यरत रहेको उनका आफन्त विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले जानकारी दिइन्। 

आफैँले टिकट काटेर श्रीमान्, छोरा, छोरी र सासूआमालाई घर पठाएकी सरुले आफूलाई सम्हाल्न नसकेर विक्षिप्त भएकी छन्। उनी यतिबेला अस्पतालमा भर्ना भएका छन्। 

एकै परिवारका चार जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ। गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन्।

विमान दुर्घटनामा परी पर्वतका मात्रै १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शर्मा परिवारका चार जना, पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा नं १ पाङ्की रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेल,  मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका  विजय गुरुङ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .