कलाकार तथा निर्माता दीपकराज गिरीको नयाँ फिल्म ‘छक्कापन्जा ४’को छायांकन सकिएको छ। दुई महिनामा छायांकन सकिएको हो। फिल्मको छायांकन सकिएसँगै पोस्ट–प्रोडक्सन र प्रचारप्रसारको काम सँगै अगाडि लैजाने गिरीले बताएका छन्।
गिरीको टिमसँग यो फिल्मबाट हेमराज बीसी जोडिएका छन्। बीसीले ‘छक्कापन्जा ४’ निर्देशन गरेका हुन्।
फागुन १९ लाई रिलिज मिति लिएर फिल्ममा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकारले अभिनय गरेका छन्। फिलमका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ हुन्।
फिल्मको छायांकन सकिएको जानकारी दिँदै गिरीले भने, ‘दुई महिनामा बल्ल फिल्म छायांकनको काम सकिएको छ। अबको योजना पब्लिसिटी केन्द्रित हुनेछ ।’
फिल्म ‘छक्कापञ्जा’ को चौथो सिरिज राजनीति र सामाजिक कथावस्तुमा आधारित रहेको गिरीले बताए।
फिल्मका अघिल्ला सिरिजमा गिरीले राजनीति, वैदेशिक रोजगारी, शिक्षादेखि तन्नेरीको प्रेमकथा समेत प्रस्तुत गरेका छन्। फिल्मका अघिल्ला तिनै सिरिजले घरेलु बक्स अफिसमा सफलता हासिल गरेका थिए।
Shares
प्रतिक्रिया