समाज


आजका भाग्यशाली अंक आठ वटा, तपाईँको कुन? हेर्नुस् वैशाख २४ को राशिफल

आजका भाग्यशाली अंक आठ वटा, तपाईँको कुन? हेर्नुस् वैशाख २४ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २४, २०८१ सोमबार ४:४३, काठमाडौँ

आज सोमबार, २४ वैशाख २०८१ (६ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मन भावुक र उत्ताउलो बन्नेछ। आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। निराशाको अनुभव नगरी लागि पर्दा भने राम्रो हुनेछ। जिद्दीपनाले काम बिग्रने डर छ। तर, मठमन्दिरको भ्रमणले ऊर्जा प्रदान गर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै पितृ देवताको आशीर्वाद लिनु राम्रो हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

वृष : पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनु हुनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम छ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। स्वास्थ्य सबल नै रहनेछ। दानपुण्यका कार्यमा सहभागी भइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ६० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

मिथुन : बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्। कुनै कुराले मनमा शान्ति र खुसियाली छाउनेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्।

भाग्यशाली रङ खैरो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिएमा पुण्य प्राप्ति होला। छलकपटतिर नलाग्नु होला।

कर्कट : सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। धर्म र आस्था बढ्नेछ। रोकिएका काम सुरु हुन सक्छन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४२, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गरेमा मनमा शान्ति मिल्नेछ। तामसिक भोजन नगर्नु होला।

कन्या : पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताका सिँढी चढ्न सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

तुला : चिताएको कामले तीव्रता लिनेछ। मनोरञ्जनमा सहभागी भइएला। लामो समयदेखिका बाधा फुकुवा हुनेछन्। कुनै कारणवश रोकिएको कामले गति लिन सक्छ। मित्रबाट सहयोग जुट्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरेमा सरस्वती प्रसन्न हुनेछिन्। सजिलै अरूको विश्वास भने नगर्नु होला।

वृश्चिक : आफ्नो चलाखीपनले कार्यसिद्ध हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। वैदेशिक कार्य कमजोर रहनेछ भने झै-झगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम गर्नुपूर्व वृक्षारोपण गरेमा भविष्यमा अधिक फल मिल्नेछ। यात्रा खासै फलदायी छैन तसर्थ भरिसक्के लामो यात्रा गरेकै बेस।

धनु : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको समय छ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्नेछ। सामाजिक कार्य गर्दा गोपनीयतामा ध्यान पुर्‍याउनुहोला।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर : नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। सामाजिक कामबाट सफलता पाइनेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाएमा आँटे-सोचेको पूरा हुनेछ। झुट चाहिँ नबोल्नु होला।

कुम्भ : रोकिएको कार्य आजबाट पुन: सुचारु हुन सक्छ। नयाँ र शुभ कार्यको योजना बनाउने तथा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नु हुन्छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको सुरुआत गरेमा बिघ्नबाधा समाधान हुनेछन्। अरूलाई दु:ख दिने काम चाहिँ नगर्नु होला।

मीन : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी वातावरणमा असामञ्जस्यता देखिन सक्छ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खानु राम्रो हुनेछ। छलकपटतिर नलागेकै बेस।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .