कारोबार


कोभिडपछि पहिलो पटक चीन निर्यात सुरु, पहिलो दिन तामाका भाडा र बाँसका मुडा निर्यात

कोभिडपछि पहिलो पटक चीन निर्यात सुरु, पहिलो दिन तामाका भाडा र बाँसका मुडा निर्यात

रसुवागढी नाका (फाइल तस्बिर)


नेपालखबर
पुस १२, २०७९ मंगलबार १८:५८, काठमाडौँ

कोरोना सुरु भएपछि पहिलो पटक स्थल मार्ग हुँदै नेपालले चीनतर्फ वस्तु निर्यात गरेको छ। आजदेखि नेपालले वस्तु निर्यात गरेको हो। 

रसुवागढी नाकाबाट पहिलो दिन वस्तु निर्यात भएको हो। भन्सार विभागका अनुसार तातोपानी नाकाबाट समेत वस्तु निर्यात हुने बताइएको छ। 

२०७६ माघ १४ गते चीनले स्थालमार्गबाट वस्तु आयात निर्यात बन्द गरेको थियो। बीचमा वस्तु आयत खुल्ला गरे पनि निर्यात भने अहिलेसम्म बन्द थियो। रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नेपालखबरसँग कुरा गर्दै ६ ट्रक वस्तु निर्यात भएको जानकारी दिए।

उनले भने ‘कोभिड पछि पहिलोपटक निर्यात सुरु भएको छ। उनीहरुले औपचारिक जानकारी गराएपछि निर्यात सुरु भएको हो। 
पहिलो दिन तामाका भाडा र बाँसका मुडा निर्यात भएको छ। 

नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको हो। नेपालबाट चीनतर्फ निर्यात हुने वस्तुमा चाउचाउ घिउ, ह्याण्डीक्राफ्ट लगायतका हुने छन्।

पछिल्लो समय वस्तु आयतमा पनि चीन केही लचक भएको छ। भण्डारीका अनुसार यो भन्दा पहिला दैनिक चार ट्रक वस्तु आयत भएकोमा अहिले १२ ट्रकसम्म आयत भएको छ। 

नेपाली व्यवसायीहरुले भने लामो समयदेखि चीन तर्फको नाका खुलाउन माग गर्दै आएका छन्। 

दशैँ तिहारमा समेत उनीहरुले वस्तु आयत गर्न पाउनुपर्ने माग राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .