गण्डकी


गण्डकीका मुख्यमन्त्री अधिकारीले थपे दुई मन्त्री

गण्डकीका मुख्यमन्त्री अधिकारीले थपे दुई मन्त्री

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १६:४३, पोखरा

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बिस्तार गरेका छन्।

आइतबार विवादास्पद रुपले विश्वासको मत पाएका उनले यसअघि आफू मुख्यमन्त्री हुँदाका वेदबहादुर गुरुङ ‘श्याम’ र सीताकुमारी सुन्दासलाई मन्त्री बनाएका हुन्।

एमालेको तर्फबाट प्रदेशससभा सदस्य बनेका उनीहरुलाई क्रमशः उर्जा र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

कास्कीको क्षेत्र नम्बर १ को ‘ख’बाट प्रत्यक्ष जितेका गुरुङ र स्याङ्जाबाट समानुपातिकतर्फ सांसद बनेकी सुन्दासले यसअघि क्रमशः कृषि र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

सत्ता साझेदार माओावादीबाट पनि मन्त्री बनाइहाल्ने मनस्थितिमा रहेका मुख्यमन्त्रीले माओवादीले नाम नपाएपछि एमालेबाटै दुई मन्त्री थपेका हुन्।

खगराजको मन्त्रिपरिषद्मा यसअघि माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमानले अर्थ र स्वतन्त्र सांसद दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .