ad ad

गण्डकी


पोखरा उद्योग वाणिज्य  संघको अध्यक्षमा पवन प्रजापति

पोखरा उद्योग वाणिज्य  संघको अध्यक्षमा पवन प्रजापति

वाशुदेव मिश्र
भदौ २७, २०७९ सोमबार ८:१२, पाेखरा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन्। प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७१६ मतले पराजित गर्दै उनी संघको २५ औं अध्यक्ष बनेका हुन्।

पवनले १६ सय १३ र अर्जुनले ८९७ मत प्राप्त गरे। पवन यसअघि संघको वरिष्ठ र अर्जुन वाणिज्य उपाध्यक्ष रहेका थिए। अघिल्लो चुनावमा एउटै प्यानलमा रहेका उनीहरु ३४ औं महाधिवेशनसम्म आइपुग्दा  नेतृत्वको लागि प्यानलसहित आमने–सामने बनेका थिए।

चुनावमा पवनले बाजी मारे। उद्योग उपाध्यक्षबाहेका सबै पदाधिकारी र साधारण सदस्यतर्फका १० जनामध्ये ७ जना उनकै पक्षका विजयी बने। उनको कार्यकालल २ वर्षको हुनेछ।

वरिष्ठ उपाध्यक्षमा पनि पवन समूहका गोकर्ण कार्की विजयी बने। यसअघि २  कार्यकाल उद्योग उपाध्यक्ष रहेका गोकर्णले १७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले ७३८ मत प्राप्त गरे। 

उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसी १७९१ मतसहित विजयी  हुँदा उनका प्रतिस्पर्धी हीरामणि पण्डितले ७२० मत ल्याए। वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले ९६९ मत प्राप्तगर्दा उनका निकटतम् प्रतिद्वन्द्वी सोवित पौडेलले ८७८ र अर्की प्रतिस्पर्धी कुमारी मुना बास्तोलाले ६४८ मत प्राप्त गरिन् । विजयी बनेका उत्तम पवनको समूहबाट मैदानमा उत्रेका थिए भने सोवित स्वतन्त्र र कुमारी मुना अर्र्जुनको प्यानलमा रहेकी थिइन्। 

त्रिपक्षीय प्रतिस्पर्धा रहेको महासचिवमा पवन समूहका बलराम आचार्यले बाजी मारे। उनले ९१० मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८२९ मत ल्याए। अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार तारानाथ ढुंगानाले ७५९ मत प्राप्त गरे। 

कोषाध्यक्षमा १५९९ मतसहित दीनेशचन्द्र बास्तोला विजयी हुँदा प्रतिस्पर्धी हरिराज पन्तले ९०५ मत प्राप्त गरे। उपमहासचिवमा शोभा गौतम १७५५ मतसहित विजयी बनिन् । उनका प्रतिस्पर्धी हर्कबहादुर अधिकारीले ७५८ मत ल्याए। 

कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण  कोइराला, सुदीप प्रधानाङ्ग, दीलिपकुमार श्रेष्ठ,भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी बने। यीमध्ये बालकृष्ण,सुदीप र भरत केसी यसअघि पनि कार्यसमितिमा रहेका थिए। 

दीलिपकुमार,भरत र माधव अर्जुन पोखरेल प्यानलबाट मैदानमा उत्रिएका थिए। कुल १९ जनाले साधारण सदस्यमा उम्मेदवारी दिएका थिए। 

उता, बस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ (२७), प्रेमप्रसाद सुवेदी(२७), लेखनाथ सुवेदी(२३) र लीलाधर चपार्इँ(२२) विजयी बने । उनीहरु क्रमशः फ्लोरिङ एण्ड फर्निचर,कस्मेटिक व्यवसायी संघ,थोक व्यवसायी संघ र खुद्रा तथा किराना व्यवसायी संघको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका थिए। ४ सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको थियो। भाँडा व्यवसायीबाट कुश कार्की र कपडा व्यवसायीबाट विष्णुप्रसाद तिमिल्सिना उम्मेदवार बनेका थिए।

संघका सदस्य रहेका ३० वटा बस्तुगत संघले यी उम्मेदवारलाई मतदान गरेका हुन्। एसोसियटमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध हुँदा औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत पनि निर्विरोध भए। संघको शनिबार सम्पन्न निर्वाचनको लागि ३१ सय ४३ जना मतदाता रहेका थिए भने तीमध्ये २५ सय ४९ जनाले मतदानमा सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .