गण्डकी


स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी भवन। तस्बिर : रासस


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ९:१, बागलुङ

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो। 

विसं २०७६ मा निर्माण भएको उक्त भवननजिकै पहिरा जाने क्रम रोकिएको छैन। भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ। भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ। माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ। तलदेखि भवनको जगनै उप्किन थालेको छ। रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ।

बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताए। उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए।

‘बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ’, थापाले भने। ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ। 

‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो”, थापाले भने, “पानीको मूल फुट्ने ठाउँमै भवन निर्माण गरिएको छ।’

भवनको जग नै कमजोर भएको पाइएको छ। उक्त  भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad