ad ad

राजनीति


सिट बाँडफाँट आजै दिउँसो टुंगोमा पुग्छ : प्रचण्ड

सिट बाँडफाँट आजै दिउँसो टुंगोमा पुग्छ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ९:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय आजै टुंगो लाग्ने बताएका छन्। 

पोखरामा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। 

शुक्रबार (२४ भदौ) दिउँसो २ बजेदेखि बैठक बस्ने र ३ बजेपछि टुंगोमा पुग्नेगरी समझादारी बनेको उनले बताए। 

‘गठबन्धनको सकारात्मक ढंगले समझदारीको निकटमा छौं। हिजो अरु नेताको अन्यत्र कार्यक्रम नपरेको भए हिजैं टुंगो लाग्थ्यो,’ प्रचण्डले भने, ‘२ बजेबाट हामी र ३ बजेदेखि आजै टुंग्याउनेगरी अघि बढेका छौं। जटिल केही भएको छैन्। समझदारी बनाएर जान्छौं।’

प्रचण्डले सत्ता गठबन्धनमा कुनै समस्या नभएको पनि बताए। 

तर, सत्ता गठबन्धनमा भने बाँडफाँटको विषय झन पेचिलो बन्दै गएको छ। 

बिहीबार दिनभर शीर्ष तहका नेताहरुबीच समझदारीको प्रयास भएपनि संभव भएको थिएन्। कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको थियो। 

यद्यपी सिट बाँडफाँट भने भएको छैन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .