विश्वमा उत्तरी सेतो गैंडा दुईवटा मात्र छन्। तर दुवै गैंडा पोथी हुन्। त्यसैले यस्ता प्रजातिका गैंडा लोप हुने अवस्थामा पुगेका छन्।
दुर्लभ यस प्रजातिका गैंडा जोगाउने अभियानमा यतिबेला संरक्षणवादीहरु लागेका छन्।
संरक्षणवादीहरुले सेतो गैंडा लोप हुन नदिन अन्य सेतो गैंडाको संख्या बढाउने योजना बनाएका छन्।
सोही योजना अनुसार उनीहरुले संरक्षित वीर्यको प्रयोगबाट नयाँ दुईवटा सेतो उत्तरी गैंडाको भ्रुण तयार पार्न सफल भएका छन्।
गतवर्ष केन्यामा सेतो प्रजातिको गैंडाको अन्तिम भाले मरेको थियो। इटालीका वैज्ञानिकहरुले बाँकी रहेका पोथी गैंडाको डिम्ब र संरक्षित गरिएको भाले सेतो गैंडाको वीर्यबाट दुईवटा भ्रुण तयार पारेका हुन्।
हाललाई उक्त भ्रुण तरल नाइट्रोजनमा संरक्षण गरेर राखिएको छ। पछि उक्त भ्रुणलाई पोथी गैंडाको कोखमा सारिने बताइएको छ।
पोथी गैंडाहरुको नाम नाजिन र फातु हो। नाजिन ३० वर्ष र फातु १९ वर्षको भएको जनाइएको छ।
गैंडाहरु केन्याको ओल पेजेटा संरक्षण केन्द्रमा २४ घन्टा सुरक्षााकर्मीको निगरानीमा छन्। एजेन्सी
Shares
प्रतिक्रिया