कारोबार


अब तोकिएकै समयमा आयोजना सम्पन्न नभए कारबाहीः मन्त्री महासेठका

अब तोकिएकै समयमा आयोजना सम्पन्न नभए कारबाहीः मन्त्री महासेठका

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १२:४७,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन्।

नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन वर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको बताएका हुन्। मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण, मर्मतसम्भार लगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताएका छन्। सरकारले पाँच वर्ष भित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन वर्षभित्रै सम्पन्न हुने उनको दाबी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक बर्ष २०७३/७४ को मसान्त्त पछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गरेका छन्। उनले २५ वर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अबदेखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारबाही गरिने समेत बताए। मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरी सकेको पनि बताए।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महा अभियानमा सबैले साथ दिन आग्रह पनि गरे। नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन आज सकिँदै छ। सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश भित्रका विकाश पूर्वाधार सम्बन्धी बिभिन्न आयोजना बारे लगानीकर्ता, ब्याबसायीहरुलाई जानकारी गराएका थिए। नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजना बारे यस सम्मेलनमा पनि छलफल भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .