ad ad

कारोबार


सुरक्षित हवाई उडानका लागि आईकाओले दियो यस्ता सुझाव

सुरक्षित हवाई उडानका लागि आईकाओले दियो यस्ता सुझाव

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १२:१३,

अन्तर्राष्ट्रिय हवाई नियमन गर्ने संस्था आईकाओले अन्तर्राष्ट्रिय उडानको लागि नयाँ गाइडलाईन सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) परिषदले डब्लुएचओ र विभिन्न संस्थाको सुझावमा परिषदको उड्डयन रिकभरी टास्कफोर्सले (कार्ट) रिपोर्ट तयार पारेको हो।

आईकाओ परिषदका अध्यक्ष साल्भाटोर स्कियाचेतानोले विश्वले पुनः अन्तर्राष्ट्रिय उडानको लागि आईकाओ परिषदबाट उच्च तहको सुझाव आशा गरिएअनुसार रिपोर्ट सार्वजनिक गरिएको बताएका छन्।

अन्तर्राष्ट्रिय उडान स्वस्थ्य र सुरक्षित बनाउन समयमा आवश्यक परिमार्जन हुने बताएको छ। रिपोर्ट अनुसार अहिले यात्रा प्रतिबन्धका कारण सिमित यात्रु मात्रै आउजाउ गरिरहेका छन्।

आईकाओले भनेको छः अब विस्तारै उडान प्रतिबन्ध खुल्छ। यात्रु बढ्दै जानेछन्। एयरलाइन्स र एयरपोर्टले सार्वजनिक स्वास्थ्य सुरक्षामा मापदण्ड सार्वजनिक गर्नुपर्ने छ। यात्रुको चाँप बढ्दै जाँदा जोखिम बढी हुने र त्यसलाई घटाउन एयरपोर्टको पूर्वधार अनुसार स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था गर्नुपर्छ।

स्वस्थ्य सम्बन्धी निकायले एयरपोर्टमा हुने चापको आधारमा स्वस्थ्य सम्बन्धी मापदण्ड परिवर्तन गर्दै जानुपर्छ। जबसम्म कोभिड १९ को भ्याक्सिन बजारमा आउँदैन हरेक राज्यले सार्वजनिक स्वास्थ्य र सामाजिक दुरी कायम राख्नै पर्छ।

एयरलाइन्सहरुले बोर्डिङ प्रकियामा पुनःसंरचना गरी यात्रुहरुमा सामाजिक दूरी कायम गरी चढाउने ओराल्ने गर्नुपर्छ। जहाजमा यात्रुहरुलाई शारीरिक दूरी हुनेगरी बस्ने व्यवस्था गर्नुपर्छ।

यात्रीहरुले जहाजमा सकेसम्म एक आपसमा कुराकानी नगर्ने, यात्रुले बोक्ने सामानलाई सिमित गर्ने, पत्रपत्रिका हटाउने र तत्कालको लागि डिउटी फ्रि सामाग्री बिक्री पनि हटाउने गर्नुपर्छ।

यात्रुहरुलाई तोकिएको सीटमा रहन प्रोत्साहन गर्ने गर्दै जहाजमा दिने खाना र पेय सेवा सिमित वा हटाउने गर्नुपर्छ। छोटो दुरीको उडानमा खाना सेवा हटाउने र लामो दुरीमा पूर्व प्याकेज गरिएको खाना वितरण गर्नुपर्छ।

त्यस्तै, आईकाओले उडानको समयमा चालक दलबाहेक यात्रुलाई शौचालयको प्रयोग प्रतिबन्ध गर्न सुझाव दिएको छ। यात्रुहरुको लागि शौचालय प्रयोग गर्न दिने भए तोकिएको शौचालय मात्र प्रयोग गर्न दिनुपर्छ।

चालक दलको सुरक्षाको लागि सुरक्षा उपकरणको साझेदारीलाई निषेध गर्नुपर्छ। चालक दलका सदस्यहरुले केवल केविनका विशिष्ट खण्डमा मात्रै सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्छ।
जहाजको प्रविधीका आधारमा डिस्इन्फेक्सन गरी जहाजलाई सुरक्षित बनाउनु आवश्यक हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .