ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा न्यू रोड कम्प्लेक्समा शाखा सञ्चालन

एभरेष्ट बैंकद्वारा न्यू रोड कम्प्लेक्समा शाखा सञ्चालन

नेपालखबर
फागुन १८, २०७६ आइतबार १३:८,

एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थित न्यू रोड शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले गरे। समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका थिए।

चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ। सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .