ad ad

रोचक


‘भ्युज’ का लागि विमान दुर्घटना गराउने यी युट्युबर, हुनसक्छ २० वर्ष जेल

‘भ्युज’ का लागि विमान दुर्घटना गराउने यी युट्युबर, हुनसक्छ २० वर्ष जेल

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १७:१२,

अत्यधिक ‘भ्युज’ प्राप्त गर्न जानीजानी विमान दुर्घटना गराएका एक अमेरिकी युट्युबरले यसबारे दोष स्वीकार गर्ने भएका छन्। उनले दुर्घटनास्थलबाट विमानको अवशेष हटाएर  सरकारी अनुसन्धानमा बाधा उत्पन्न गरेको आरोप स्वीकार्ने अमेरिकी अधिकारीहरुले बताएका छन्।

२९ वर्षीय ट्रेभर ज्याकोबले डिसेम्बर २०२१ मा युट्युबमा विमान दुर्घटनाको भिडिओ अपलोड गरेका थिए। सो भिडिओले हालसम्म २९ लाखभन्दा बढी भ्युज पाइसकेको छ।

त्यो दिन उनी क्यालिफोर्नियाको सान्टा बारबरा विमानस्थलबाट एक्लै विमान लिएर उडेका थिए। उनले विमानमा क्यामरा राख्नुका साथै आफूसँग प्यारासुट समेत बोकेका थिए।

उडेको ३५ मिनेटपछि सो विमान दुर्घटनाग्रस्त भयो। दुर्घटनाअघि उनी विमानबाट बाहिरिए। प्यारासुटबाट ओर्लेपछि हिँडेर उनी दुर्घटनास्थल पुगे र भिडिओ फुटेज लिए।

सो भिडिओ भाइरल बन्यो। त्यसपछि उनले पहिले नै प्यारासुट लगाएको र विमान अवतरण गराउने प्रयाससमेत नगरेको आरोप केहीले लगाए।

अनुसन्धानका क्रममा उनले दुर्घटनास्थल थाहा नभएको बताएका थिए। तर, वास्तवमा उनले हेलिकोप्टरबाट सो ठाउँमा फर्केर विमानको अवशेष पनि हटाएका थिए।

पछि उनको पाइलटको लाइसेन्स रद्द गरियो।

विमान दुर्घटना गराउने र त्यसको भिडिओ खिचेर युट्युबमा अपलोड गराउने उदेश्यले उनले विमान उडाएको सरकारी वकिलहरुले बताएका छन्।

दोषी ठहर भए उनलाई २० वर्षसम्म कैद हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .