ad ad

रोचक


दुई फेरा लिएपछि बेहुला ‘कालो’ भन्दै बेहुलीले रद्द गरिन् बिहे

दुई फेरा लिएपछि बेहुला ‘कालो’ भन्दै बेहुलीले रद्द गरिन् बिहे

नेपालखबर
असार ३०, २०७९ बिहिबार १४:३, काठमाडौँ

भारतको उत्तर प्रदेशमा एक युवतीले दुई फेरा लिएपछि बेहुला ‘कालो’ भएको भन्दै विवाह रद्द गरेकी छिन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तर प्रदेशको एटावाहकी नीता यादव नाम गरेकी युवतीले दुई फेरा लिएपछि विवाह समारोह रोकेकी हुन्। 

वरवधूले एकअर्कालाई माला लगाउने बेलादेखि नै समस्या उत्पन्न भएको थियो।

नीताले बेहुलासँग विवाह नगर्ने मनसाय व्यक्त गरेकी थिइन्। दुई फेरा लिएपछि उनले मण्डपबाट बाहिरिँदै विवाह रद्द गरिन्।  

आफूलाई सुरुमा देखाइएको केटा र बेहुला फरक फरक व्यक्ति रहेको बेहुलीको भनाइ छ। उनले बेहुला ‘कालो’ भएको भन्दै आफूले उनीसँग विवाह गर्न नसक्ने बताएकी थिइन्।

परिवारका सदस्यहरुले पनि बेहुलीलाई मनाउने हरसम्भव प्रयास गरेका थिए तर बेहुली मण्डपमा फर्केर आइनन्। 

करिब ६ घण्टासम्म पनि बेहुली फर्केर नआएपछि बेहुला पक्ष बेहुली नलिई फर्किन तयार भएको थियो।

बेहुलाका बाबुले प्रहरीमा उजुरी दिँदै विवाहको तयारीको लागि लाखौं रकम खर्च भएको दाबी गरेका छन्। बेहुलीलाई दिइएको गहना पनि फिर्ता नपाएको उनले बताएका छन्। 

बेहुला रविले पनि यो घटनाले आफ्नो जीवन नै खतरामा परेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .